राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
१६ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन् ।
  • उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगै छलफल गरेकी छन् ।
  • यी लगायतका विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार आधा घण्टा छलफल भएको छ ।

२७ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन् । उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगै छलफल गरेकी छन् । यी लगायतका विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार आधा घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनमा जेनजी पुस्ताको सहभागिताबारे चासो राखेकी थिइन् ।

अध्यक्ष दाहालले निकटस्थहरूसँग ब्रिफिङ गरेअनुसार प्रधानमन्त्री कार्की राष्ट्रिय सभाको निर्वाचन समयमै गर्न सहमत छन् । तर, निर्वाचनमा जेनजीको सहभागिता गराउने विषयमा चासो राखेकी हुन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुन्छन् । यो व्यवस्थामा जेनजीले मतदान गर्न पाउने भन्ने छैन । अध्यक्ष दाहालले निर्वाचनको मतदाताबारे राजनीतिक दलहरूसँग छलफल गर्न सकिने सुझाव दिएका छन् । आगामी फागुन २० मा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन् ।

बाँकी रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाकै अध्यक्ष दाहालसँग छलफल गरेका हुन् आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार
नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक