ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
३१ पटक हेरिएको
Shares
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी

सारांश

  • सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोडेपछि निर्माण कम्पनीले आफ्ना सामग्री उठाउन लागेको छ ।
  • आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि भारतको पटेल–रमण निर्माण सेवाले जिम्मा लिएको थियो ।
  • सो कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि सरकारले ठेक्का सम्झौता तोडेको हो ।

११ मंसिर, रामेछाप ।

सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोडेपछि निर्माण कम्पनीले आफ्ना सामग्री उठाउन लागेको छ । आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि भारतको पटेल–रमण निर्माण सेवाले जिम्मा लिएको थियो । सो कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि सरकारले ठेक्का सम्झौता तोडेको हो । डाइभर्सनको सुरुङ निर्माणको चिनियाँ कम्पनीले ठेक्का लिएको काम एक वर्ष अगाडि नै सम्पन्न भइसकेको छ ।

सम्झौता भएको ठेक्का तोडेपछि सुनकोसी मरिण जलविद्युत आयोजनाको बाँध निर्माणस्थलबाट सो कम्पनीले निर्माण सामग्री र साइटमा रहेका उपकरणहरू उठाएको हो । ठेक्का तोडेको जानकारी पाएपछि पटेल रमण जेभिले सेलेघाटको सिल्लीबजारको साइटबाट निर्माण सामग्रीहरू धमाधम उठाइरहेको छ । ढुवानीका साधन, उपकरण र निर्माण सामाग्रीहरू अधिकांश उठाइसकेको उक्त जेभिले बाँकी सामाग्रीहरू पनि उठाउने तयारी गरेको छ । आयोजनाले निर्माण स्थलबाट निर्माण सामग्री उठाउन दिएको समय सीमा भित्रै सो जेभिले सामाग्रीहरूको अन्यत्र व्यवस्थापन गरेको हो । साइट कार्यालय र आवास गृह भने आयोजनाको रहेकोले भत्काइएको छैन् ।

सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचनाका लागि ठेक्का भएको उक्त जेभिले ठेक्का अवधिको समय सकिदा निर्माण कार्य भने झण्डै ११ प्रतिशत मात्र गरेको कारण आयोजनाले उक्त जेभिसँगको सम्झौता तोडेको हो । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै त्यसअघि पटक पटक निर्माण कार्यलाई तीव्रता दिन दिइएको सुझाव जेभिले अटेर गरेपछि ठेक्का तोड्नु परेको आयोजनाको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर
आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर
मोदीको नसामा रगत हैन तातो सिन्दूर बगिरहेछ: नरेन्द्र मोदी
मोदीको नसामा रगत हैन तातो सिन्दूर बगिरहेछ: नरेन्द्र मोदी
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ