चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।
- प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
- आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ ।
२६ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।

आज विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन-कुन मन्त्रालय थपिने भन्ने खुलाइएको छैन । त्यसका लागि प्रधानमन्त्री परामर्शनमा रहेको स्रोत बताउँछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया