वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
१८ पटक हेरिएको
Shares
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष

सारांश

  • ३५ वर्षीय यादवको आइतबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका-८ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो।
  •  यादवको शवको टिचिङ अस्पताल काठमाडौँमा पोस्टमार्टम गरिएको छ।
  • पोस्टमार्टमपछि सोमबार साँझ गाउँमै लगेर यादवको शवको अन्त्यष्टिसमेत भइसकेको छ।

 

११ भदौ , महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेश यादवको मृत्युलाई माओवादी केन्द्रले रहस्यमय दाबी गर्दै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको छ। ३५ वर्षीय यादवको आइतबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका-८ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो। यादवको शवको टिचिङ अस्पताल काठमाडौँमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टमपछि सोमबार साँझ गाउँमै लगेर यादवको शवको अन्त्यष्टिसमेत भइसकेको छ। माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट मात्रै नभएको दाबी गरे। ‘घटनाको प्रकृति हृर्दा त्यो दुर्घटना स्वाभाविक देखिँदैन,’ खड्काले भने, ‘हामीले महोत्तरी प्रहरीसँग घटनाको गहिरो छानविन गर्न माग गरेका छौँ।’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले घटनाको सुक्ष्म ढंगले अनुन्धान भइरहेको बताए। उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा नै यादवको मृत्यु भएको जस्तो देखिने तर्क गरे।‘घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामै उहाँको मृत्यु भएको जस्तो देखिन्छ,’ पोखरेलले भने, ‘तर, दुर्घटना कसरी भयो भनेर हामी अनुसन्धान गर्दै छौँ। घटनास्थलमै कुकुर लगेर पनि हामीले अनुसन्धान गरेका छौँ। पोस्टमार्टम रिपोर्ट आएपछि धेरै विषय खुल्दै जाला।’ बर्दिबास नगरपालिका- ८ मा पर्ने बर्दिबास- जलेश्वर सडक खण्डको कल्भर्टमुनी आइतबार बिहान यादवको शव फेला परेको थियो। घटनास्थल नजिकै यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो। वडाध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षमा निर्वाचित भएका थिए। रामगोपालपुरका स्थानीयवासीसमेत रहेका माओवादी नेता तथा पूर्व सभासद लालेन्द्र मण्डलले वडाध्यक्ष यादवको मृत्युलाई स्वाभाविक मान्न नसकिने दाबी गरे। ‘म आइतबार बिहान प्रहरीसँगै घटनास्थलमा गएको थिएँ। जुन ठाउँमा घटना भएको छ, त्यो ठाउँमा बाइक ‘एक्सिडेन्ट’ भएको जस्तो देखिँदैन,’ मण्डले भने, ‘त्यहाँको सबै प्रकृति हेर्दा दुर्घटना सुनियोजित जस्तो लाग्छ। घटना भएको सयम पनि यकिन छैन। सीसीटीभी फुटेज हेर्दा शनिबार दिउँसो बर्दिबासका दुई होटलमा वडाध्यक्ष यादवसँगै देखिएका अन्य चारजनाको गतिविधि पनि शंकास्पद देखिन्छ।’ घटना हुँदा कसिलो गरी लगाएका गोल्डस्टार जुत्ता खुट्टामा नहुनु, तर मृतकको शरीरमा पनि ठूलो चोटपटक नदेखिनुले घटनामा शंका गर्ने धेरै आधार रहेको दाबी उनले गरे। उमले दुर्घटनाजस्तो देखाउन मोटरसाइकलमा कुनै गह्रौ बस्तुले प्रहार गरेको जस्तो देखिने तर्क उनले गरे। ‘चालकको मृत्यु हुनेगरी मोटरसाइकल दुर्घटना हुँदा त्यसका पाटपुर्जा छरपस्त हुनुपर्ने हो, शरीरमा पनि ठूलो चोट देखिनुपर्ने हो,’ उनले भने, ‘कुनै गह्रौँ बस्तुले मोटरसाइकल र मान्छेको छात्तीमा प्रहार गरेको जस्तो देखिन्छ।’

वडाध्यक्ष यादवसँग होटलमा थिए पाँचजना

घटनाअघि वडाध्यक्ष यादवसँगै अन्य चारजना शनिबार दिउँसो बर्दिवासका दुईवटा होटलमा सबेको प्रहरी अनुसन्धानले देखाएको छ। तर, ती चारजना को थिए खुलेको छैन।  ‘शनिबार दिउँसोदेखि रातिसम्म बर्दिबासका दुईवटा होटलमा उनीहरु खाजा खाएर बसेको देखिन्छ, जहाँ दुईजना युवती पनि छन्,’ माओवादी नेता मण्डलले भने, ‘सीसीटीभी फुटेज हेर्दा त्यहाँ उनीहरुबीच वादविवाद भएको देखिन्छ। हामीले ती चारजनालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई भनेका छौँ।’दिउँसो बर्दिबासको होटलमा देखिएका यादव कतिबेला घर गए खुलेको छैन। दुर्घटना भएको यकिन समय पनि प्रहरीले सार्वजनिक गरेको छैन। तर, घटनाको प्रकृति हेर्दा बर्दिबासबाट शनिबार राति रामगोपालपुरतिर जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवालले बताए।  उनी एक्लै मोटरसाइकलमा गएका थिए कि मोटरसाइकलको पछाडि अन्य कोही थियो, खुलेको छैन। तर, माओवादी नेता मण्डलले भने यादवले चलाएको मोटरसाइको पछाडी अर्को व्यक्ति पनि सवार रहेको दाबी गरेका छन्। ‘घटनास्थलमा कुकुरले पनि त्यसको संकेत गरेको छ, त्यो को थियो, प्रहरीले खोजी गरोस्,’ उनले भने।  वडाध्यक्ष यादवका पत्नी, एक छोरा र एक छोरी छन्। यादवको मृत्युको कारण अहिले रामगोपालपुर शोकमा डुबेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
ललितपुरमा पनि लगाइयो अनिश्चितकालीन कर्फ्यु
ललितपुरमा पनि लगाइयो अनिश्चितकालीन कर्फ्यु
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा