एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
३८४ पटक हेरिएको
Shares
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड

सारांश

  • माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन् ।
  • यो प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए ।
  • राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् ।

२८ वैशाख, काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन् । यो प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् ।

त्यस्तै, लुम्बिनीका २७ हजार ८९३, कर्णालीका १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी नन् ग्रेडेड भए । नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी अवर्गीकृत भए । अवर्गीकृत विद्यार्थीको पुरक परीक्षा असार १ देखि ९ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ । प्रदेश अनुसार यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ
कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ
भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दु*र्घटना
भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दु*र्घटना
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृ*त्यु
साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू