Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

सारांश

  • डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी  भए ।
  • बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
  • यसअघि प्रत्येक शुक्रबार मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिसक्नुभएका मन्त्री खड्काले आज पनि उक्त कार्यलाई निरन्तरता दिँदै कर्मचारीलाई हौसलासमेत प्रदान गरे ।

 

९ कात्तिक, काठमाडौँ । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी  भए ।

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि प्रत्येक शुक्रबार मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिसक्नुभएका मन्त्री खड्काले आज पनि उक्त कार्यलाई निरन्तरता दिँदै कर्मचारीलाई हौसलासमेत प्रदान गरे ।

सरसफाइ अभियानका क्रममा मन्त्री खड्काले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै कार्यालयलाई सफा राख्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई आग्रह गरे । उनले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वस्थ हुन सरसफाइले विशेष महत्व दिने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताए । “भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ”, मन्त्री खड्काले भने।

मन्त्रालयका उपसचिवसमेत रहेएका मन्त्री खड्काका निजी सचिव मनोज पन्थले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा पुग्यो सेना
कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा पुग्यो सेना
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा
लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला