Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला

सारांश

  •    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ ।
  •  जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला परेको हो ।
  • फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

 

२८ भदौ, काठमाडौं ।  

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
भारतीय वायुसेनाको विमान दु*र्घटना
भारतीय वायुसेनाको विमान दु*र्घटना
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण
जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु