Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग

सारांश

  • पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ ।
  • जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सो रकम लामिछानेले गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा आइतबार कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।
  • अभियोग पत्रमा देवानी दायित्वअन्तर्गत लामिछानेपत्नी निकिता पौडेलको समेत सम्पत्ति जफत गर्न माग गरिएको छ ।

 

७ पुस, काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सो रकम लामिछानेले गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा आइतबार कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

अभियोग पत्रमा देवानी दायित्वअन्तर्गत लामिछानेपत्नी निकिता पौडेलको समेत सम्पत्ति जफत गर्न माग गरिएको छ । रवि लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, सङ्गठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख  छ। सबै गरी जेल सजाय मात्र करिब १० वर्ष बढी माग गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता एवं सूचना अधिकारी शान्तिदेवी शर्माले आइतबार ३१ जनालाई प्रतिवादी, आठ वटा कम्पनी र पाँच व्यक्तिविरुद्ध सम्पत्ति जफतको मागसहित कुल ४४ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता गरेको हो ।यसअघिका १९ जना गरी अदालतमा अभियोग दर्ता हुनेको सङ्ख्या ६३ पुगेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरुद्ध सम्पत्ति शुद्धीकरणसहित अरू २ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध पनि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध कसुर र बिगो थप गर्दै पूरक अभियोग पत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ । सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय
छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण
छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा
रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
पृथ्वीराजमार्ग अन्तरगत  फिस्लिङमा लेदोसहितको पहिरो
पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध