Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी

सारांश

  • आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट बाहिरिनेबित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए।
  • उनले भने, ‘अहिले गठबन्धनको सरकार बनेको सय दिन पनि पुगेको छैन।
  • सय दिन नपुग्दै यहाँ विभिन्न किसिमको विरोध, बाधा, अवरोधहरू सृजना गर्न थालिएको छ।

 

३० भदौ , काठमाडाैँ – सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद किरणबाबु श्रेष्ठले सय दिन पनि नपुग्दै सरकारको विरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रलाई आग्रह गरेका छन्।Worldlink adsआइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट बाहिरिनेबित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए। उनले भने, ‘अहिले गठबन्धनको सरकार बनेको सय दिन पनि पुगेको छैन। सय दिन नपुग्दै यहाँ विभिन्न किसिमको विरोध, बाधा, अवरोधहरू सृजना गर्न थालिएको छ। यो प्रजातन्त्रका लागि राम्रो सन्देश पनि होइन। त्यो तर्फ पनि हामी ध्यान दिउँ भन्ने मलाई लाग्छ।’दाहालले मुलुक बंगलादेश र श्रीलंका बन्छ भनेर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न पनि चेतावनी दिए। उनले भने, ‘हिजोसम्म सत्तामा छौँ। हिजोसम्म सरकारमा छौँ। सरकारबाट निस्कन पाएको छैन–बंगलादेश र श्रीलंका भन्छौं। अनि त्यसको हिजोसम्मको दोषको भागी लिने न नलिने? यस्ता अभिव्यक्तिहरूले नेपाली जनतामा भ्रम सृजना गर्छ। त्यो भ्रम सृजना गर्ने काम हामी नगरौँ। प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो। स्वच्छन्दता होइन। जे मन लाग्यो, त्यही बोल्ने किसिमको स्वच्छन्दता होइन।’ सांसद श्रेष्ठले आफू सरकारमा हुँदा भएको गल्तीको जिम्मेवारी दाहालले पनि लिनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?