प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
३३ पटक हेरिएको
Shares
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो

सारांश

  • काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका जोशी बिरामी परेपछि उनको बयान लिने काम पनि रोकिएको छ ।
  •  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित मुद्दाको अनुसन्धान गरिरहेको छ ।
  • बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लैजानुपर्ने बिरामी भएपछि छविलाई उपचारका लागि अस्पताल लगिएको छ ।

१० असोज ,सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन् ।

काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका जोशी बिरामी परेपछि उनको बयान लिने काम पनि रोकिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित मुद्दाको अनुसन्धान गरिरहेको छ । बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लैजानुपर्ने बिरामी भएपछि छविलाई उपचारका लागि अस्पताल लगिएको छ ।  उनलाई हल्का निमोनियाको

लक्षण देखिएको प्रहरीले जनाएको छ । रुघाखोकीले समेत ग्रस्त भएपछि बयानमा नलगिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । जोशीलाई मंगलबार दुई घण्टा सरकारी वकिल कार्यालयमा सोधपुछ गरिएको थियो । उनी बुधबारदेखि बिरामी भएको प्रहरीले जनाएको छ ।गोरखा मिडिया नेटवर्कमा अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेका व्यापारिक साझेदार

छविले सहकारीको रकम अपचलनबारे आफूलाई जानकारी नभएको संसदीय विशेष छानबिन समितिमा बयान दिएका थिए । समितिले जीबी, रवि र छविसहितलाई कारबाहीको सिफारिस गरेको थियो ।​ जीबी अहिले मलेसियामा छन् । रवि भने आफ्नो बचाउका लागि सामाजिक सञ्जालमार्फत् समर्थक र शुभेच्छुकसँग अनुनयविनय गरिरहेका छन् । प्रहरीले यसअघि रविलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो । तर, अब

छविको बयानपछि मात्रै रविलाई पक्राउ गर्ने कास्की प्रहरीको तयारी छ । छविलाई संगठित अपराधमा मुद्दा दर्ता गरेकाले रविलाई पक्राउ गरेर बयान नलिई मुद्दा नटुंगिने प्रहरीले जनाएको छ ।छविले प्रहरीले पक्राउ गर्दा नै आफूभन्दा धेरै जानकारी रवि र जीबीलाई भएको भन्दै उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न भनेका थिए ।  मलेसियामा लुकेर बसेका भनिएका जीबीविरुद्ध डिफ्यूजन र रेड नोटिस जारी भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
मोरङमा डिजेको प्रयोगमा रोक
मोरङमा डिजेको प्रयोगमा रोक
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण