पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
२३ पटक हेरिएको
Shares
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता

सारांश

  • जनवरी २२ मा महाराष्ट्रको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसका २३ जना यात्रुलाई अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले किचेको थियो ।
  • यस दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने अरू १० जना घाइतेको जलगाउँस्थित निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
  • यस घटनामा चार जना नेपालीको पनि मृत्यु भएको छ ।

१० माघ, नयाँ दिल्ली । जनवरी २२ मा महाराष्ट्रको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसका २३ जना यात्रुलाई अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले किचेको थियो । यस दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने अरू १० जना घाइतेको जलगाउँस्थित निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस घटनामा चार जना नेपालीको पनि मृत्यु भएको छ ।

शवहरूको सनाखत हुन बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । यस घटनामा मर्ने व्यक्तिका परिवारलाई प्रतिव्यक्ति डेढ लाख भारु रुपैयाँ दिने रेलमन्त्री अश्विनी वैष्णवले घोषणा गरेका छन् । घटनाका गम्भीर घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भनिएको छ । सामान्य घाइतेले पनि ५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने घोषणा वैष्णवले गरेका छन् । घटना भएको ठाउँमा ‘शार्प टर्न’ भएकोले गर्दा अर्को ट्रयाकमा हाम फालेका यात्रुहरूले रेल आएको थाहा पाउन नसकेको मध्य रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरूले बताएका छन् । घटनाको समयमा रेलमा उपस्थित मानिसहरूले आगलागीको हल्ला पहिले एक चिया विक्रेताले फैलाएको बताएका छन् ।

यो हल्ला सामान्य डब्बामा यात्रा गरिरहेका उदल कुमार र विजय कुमारले सुने । यो सुनेर दुवै जना डराए र गुडिरहेको रेलबाट ट्र्याकमा हाम फाले । यसपछि कसैले चेन तान्यो र अरू केही यात्रु पनि ज्यान बचाउन रेलबाट धमाधम हाम फाल्न थाले । हल्ला फैलिएपछि रेलमा हङ्गामा मच्चिएको थियो । आफ्नो ज्यान बचाउन मानिसहरू जसरी भएपनि रेलबाट बाहिर निस्कने प्रयास गरिरहेका थिए । केही मानिसहरू अर्को ट्र्याकतिर हाम फाले र केहीले ट्र्याक नभएको साइडतिर हाम फाले ।

अरू मानिस ट्र्याक भएतिर भागेको भए भने दुर्घटना झनै ठुलो हुन सक्थ्यो भनेर प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको पहिचान भइसकेको जनाएको जलगाउँका कलेक्टरेटले बताएका छन् । ३ जनाको पहिचान भइरहेको भनिएको छ । कर्नाटक एक्सप्रेसको ठक्करका कारण कयौँ मान्छेको शरीर टुक्रा–टुक्रा भएका थिए । उद्धार टोली र नजिकैका मानिसहरूले यी टुक्राहरूलाई तन्नामा जम्मा पारेका थिए । दुर्घटना जनवरी २२ मा साँझ ४ः४२ बजे पचोरा स्टेशन नजिकै भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभाको बैठक आज बस्दै
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको टोली जाजरकोटमा खटियो
ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको टोली जाजरकोटमा खटियो
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै