नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
६० पटक हेरिएको
Shares
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको बताएका छन् ।
  • शुक्रबार प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु रहेकाले जनतालाई जोगाउनका लागि तयार रहनुपर्ने बताएका हुन् ।
  • उनले भने, ‘हामी प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छौं ।

५ वैशाख, पोखरा ।

गृहमन्त्री रमेश लेखकले नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको बताएका छन् । शुक्रबार प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु रहेकाले जनतालाई जोगाउनका लागि तयार रहनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छौं ।  आज भन्दा करिव ४ हप्ता जति भयो एकै हप्ता तीनवटा भूकम्प बेहोर्नुपर्यो । जुनसुकै बेला जे पनि हुन सक्छ ।

त्यो मानसिकताका साथ तयारीमा बस्न जरुरी छ । ७२ सालको भूकम्प पोखरा केन्द्रविन्दु भएर आएको थियो । भूकम्पको उच्च जोखिम छ । मनसुनको बेलामा अविरल वर्षका कारणले जाने बाढि, पहिरो र डुबानको जोखिम छ । हिमालमा हिउँदमा चिसो लाग्ने, लेक लाग्ने, तराईमा गर्मिमा ‘लू’ लाग्ने, आजभोलिको जस्तो सिजनमा आगलागी हुने, पहाडमा चट्याङ खस्ने, तराईमा अरु विभिन्न खालका विपद्का समस्याहरु हुने गर्दछन् । हिमाल,पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु छन् । जोखिमबाट जनतालाई जोगाउनका लागि हामी तयार रहनुपर्छ ।’

साथै उनले जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकताका साथ तयारीमा बस्न जरुरी रहेको बताए । उनले जोखिमबाट जनतालाई जोगाउनका लागि हामी सबै तयार रहनुपर्ने बताए । यस्तै उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का दृश्टिकोणले गण्डकी प्रदेश जोखिमयुक्त प्रदेश भएको बताए । उनले बाढि, पहिरोको जोखिम गण्डकी प्रदेशमा अलि बढी नै रहेको बताए । उनले भने, ‘गण्डकी प्रदेश अलिकति जोखिमयुक्त प्रदेश पनि हो विपतको दृश्टिकोणबाट । अति नै जोखिमयुक्त विपतमा पर्छ गण्डकी प्रदेश । बाढि,पहिरोको जोखिम  गण्डकी प्रदेशमा अलि बढी नै छ । ’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
वीरगन्जमा एकैदिन १७ बालकको उद्धार
वीरगन्जमा एकैदिन १७ बालकको उद्धार