एमालेको महाधिवेशनमा १६ दललाई निम्तो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
एमालेको महाधिवेशनमा १६ दललाई निम्तो

सारांश

  • नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ ।
  • अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो ।
  • अतिथि सत्कार समितिकी सदस्य सुनिता बराल महाधिवेशन नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ ।

 

२३ मंसिर, काठमाडौं ।

नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो । अतिथि सत्कार समितिकी सदस्य सुनिता बराल महाधिवेशन नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरिएको छ । रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्तो गरिएको छ । बरालका अनुसार, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ । महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन भएका छन् । मूल आयोजक समितिबाहेक व्यवस्थापनको हिसाबले विभिन्न उपसमितिहरूले आ–आफ्नो काम गरिरहेका छन् ।

मूलतः मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, आवास र स्वयंसेवक व्यवस्थापन लगायतका समितिहरूले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । प्रचार समितिले पनि आफ्नो काम गरिरहेको छ । महाधिवेशन विशेष लोगो र जिंगल सार्वजनिक गर्ने लगायतका कामहरू भएका छन् । यस अन्तर्गत अतिथि सत्कार समितिले महाधिवेशनमा क-कसलाई निम्तो गर्ने भन्ने तय गरेर त्यसअनुसार आमन्त्रण पत्र पठाइएको छ । उनी भन्छिन्, ‘नेपालका राष्ट्रिय दलहरू र विशेष गरी कम्युनिस्ट विचारधारा बोकेका दलहरूलाई निमन्त्रणा दिएका छौँ। यो क्रम जारी छ ।’ उनका अनुसार विदेशमा रहेका र निम्तो गर्नुपर्ने व्यक्तिहरूलाई भौतिक रूपमा भेटेर नभई शुभकामना सन्देश माग्ने हिसाबले सबैलाई निमन्त्रणा पठाइसकिको छ । नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि निमन्त्रणा पठाइएको छ र उनीहरूलाई सम्भव भएसम्म उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले टस जितेर ओमानविरुद्ध बलिङ गर्दै
नेपालले टस जितेर ओमानविरुद्ध बलिङ गर्दै
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा