Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बालिका बला*त्कारको आरोपमा एक जान पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
१०१ पटक हेरिएको
Shares
बालिका बला*त्कारको आरोपमा एक जान पक्राउ

सारांश

  • जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् ।
  • रास्कोट नगरपालिका–१ की बालिका १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ ।
  • साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन ।

 

५ चैत, सुर्खेत ।

जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् । रास्कोट नगरपालिका–१ की बालिका १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ । साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन । बलात्कारमा परेकी बालिकाको महिनावारी रोकिए पछि फुपूले सोधी खोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि उक्त घटना प्रहरीकोमा पुगेको हो । गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।

रास्कोट–१ का ५३ वर्षीय बलबहादुर सार्कीले आफूलाई बलात्कार गरेको बालिकाको आरोप छ । ‘साथीको घरमा गएको बेला साथीसँगै सुतिरहेको अवस्थामा साथीको बुवाले जवरजस्तीकरणी गरे,’ उनले जाहेरीमा उल्लेख गरेकी छन्, ‘माघ १३ गते राती र १४ गते बिहान बलात्कार गरी घटना कसलाई नभन्न र भने पछि मारिदिने धम्की दिए ।’ घर बाहिर निस्केर ५०० रुपैयाँ पनि अभियुक्तले दिएको ती बालिकाको जाहेरीमा उल्लेख छ । गत माघ १३ गते छोरीसँग घरमा आएकी छोरीकी साथीलाई ललाइफकाइ बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?