लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ ।
  • लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
  • विराटनगर ५ खेलमा ४ जितसहित ८ अंक जोडेर प्लेअफको नजिक छ ।

 

१७ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

विराटनगर ५ खेलमा ४ जितसहित ८ अंक जोडेर प्लेअफको नजिक छ । आजको खेल जितेमा विराटनगरको प्लेअफ पक्का हुनेछ । विराटनगरको टोलीमा स्टार ब्याटर फाफ डुप्लेसी समावेश भइसकेका छन् । विराटनगरले शेहान जयसूर्याको स्थानमा फाफ डुप्लेसीलाई ल्याएको छ । यसले विराटनगरको टप अर्डर थप मजबुत बनाएको छ । लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ । आईएल टी-२० खेल्न दुबई फर्किएका गुल्बादिन नाइबको स्थानमा जेजे स्मिथ खेलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?