बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन् ।
  •   नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज यहाँ आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि काँग्रेस बदलिएको बताए।
  • “समयक्रमसँगै काँग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, काँग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भने ।

१७ माघ, काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन् ।  नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज यहाँ आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि काँग्रेस बदलिएको बताए। “समयक्रमसँगै काँग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, काँग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भने । आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको  उनको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए ।

उनले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको काँग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको बताए । उनले युवाहरूको आवाजलाई काँग्रेसले सुनेर अगाडि बढेको बताए। काँग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत रहेको उनको भनाइ थियो । उनले युवाले देशभित्रै रोजगारीको अवसर दिन काँग्रेस लाग्ने बताए। सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्‍याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे ।

“मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिन, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली काँग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भए, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ,” उनले भने। सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको बताए ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेन जेड आन्दोलनपछि बदलिएको काँग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
देउवाले बोलाए पदाधिकारी बैठक
देउवाले बोलाए पदाधिकारी बैठक
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित
हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो