काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट

सारांश

  • आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजना हुने आन्दोलन तथा प्रदर्शनका कारण मुख्य सडकखण्डहरूमा सवारी जामको सम्भावना अत्यधिक देखिएको छ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा बल्खु क्षेत्रमा राजतन्त्रको पक्षमा र्‍याली र सभा हुने भएकाले त्यहाँ सबैभन्दा ठुलो भिड हुने अनुमान गरिएको छ ।
  • यसबाहेक माइतीघर–बबरमहल क्षेत्रमा शिक्षकहरूको आन्दोलन, रत्नपार्कमा राष्ट्रिय जनमोर्चाको कार्यक्रम र सहकारी तथा लघुवित्त पीडितहरूको विरोध प्रदर्शन पनि आजकै दिन तय भएकाले सवारी व्यवस्थापनमा असर पर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

२६ चैत,  काठमाडौं ।

आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजना हुने आन्दोलन तथा प्रदर्शनका कारण मुख्य सडकखण्डहरूमा सवारी जामको सम्भावना अत्यधिक देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा बल्खु क्षेत्रमा राजतन्त्रको पक्षमा र्‍याली र सभा हुने भएकाले त्यहाँ सबैभन्दा ठुलो भिड हुने अनुमान गरिएको छ ।

यसबाहेक माइतीघर–बबरमहल क्षेत्रमा शिक्षकहरूको आन्दोलन, रत्नपार्कमा राष्ट्रिय जनमोर्चाको कार्यक्रम र सहकारी तथा लघुवित्त पीडितहरूको विरोध प्रदर्शन पनि आजकै दिन तय भएकाले सवारी व्यवस्थापनमा असर पर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।एकैदिन चार स्थानमा प्रदर्शन तथा जुलुस हुने भएकाले सकेसम्म बिहान १० बजेसम्म नै गन्तव्यमा पुग्न ट्राफिक प्रहरीले यात्रुहरूलाई अनुरोध गरेको छ । प्रमुख प्रदर्शन स्थलहरूमा डाइभर्सनको व्यवस्था गरिएको र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

डाइभर्सनका लागि खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना, टीयू गेट–चोभार, सानेपा करिडोर सडक र चोभार सुक्खा बन्दरगाह क्षेत्रमा मार्ग परिवर्तन र पार्किङको व्यवस्था गरिएको छ । नयाँ बसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एकतर्फी पार्किङको सुविधा पनि मिलाइएको छ । नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघरबीच जुलुस गर्ने तयारी गरेको छ भने सहकारी तथा लघुवित्त पीडितहरूले शान्तिबाटिकामा कार्यक्रम तय गरेका छन् । यी क्षेत्रहरूमा पनि आवश्यकतानुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रुहरूले ट्राफिक एफएम ९५.५ मेगाहर्ज, ट्राफिक प्रहरीको फेसबुक पेज, मेट्रो ट्राफिक डिभिजनको पेजमार्फत लाइभ अपडेट लिन सक्नेछन् । साथै, ट्राफिकको तत्कालीन अवस्था बुझ्न ‘१०३’ नम्बरमा सम्पर्क गर्न सकिनेछ । ट्राफिक प्रहरीले बिहान घरबाट निस्कनुअघि एकपटक ट्राफिक जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन
जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन
जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन
जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै