सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

सारांश

  • सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ ।
  • शनिवार भएको दिएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो ।
  • सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुरख्जलाई पराजित गरेको थियो ।

२२ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिवार भएको दिएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुरख्जलाई पराजित गरेको थियो ।

लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सन्दिप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् । बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो । ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे ।

जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि  ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे । म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए । कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका  र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
१२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर
१२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय