चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २३, २०८०
|
|
२६ पटक हेरिएको
Shares
चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् ।
  • पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् ।
  • उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने गरी चीनसँग यातायात र पारवहन सम्झौता गर्‍यो भने र देशमा सुशासन ल्यायो भने सरकारबाट सबै मिलेर अठ्याउँछन्’, उनले भने ।

२३ मंसिर, गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् । उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने गरी चीनसँग यातायात र पारवहन सम्झौता गर्‍यो भने र देशमा सुशासन ल्यायो भने सरकारबाट सबै मिलेर अठ्याउँछन्’, उनले भने । भारत रिसाउने भन्दै चीनसँग सहयोग लिन डराउँदा नेपालमा धेरै विकासका कामहरु ठप्प भएको उनले दाबी गरे ।

‘शेरबहादुर प्रधानमन्त्री हुँदा पश्चिम सेती किन नबनेको भनेर सोधे, चीनलाई दिन मिल्दैन, चीनलाई दियो भने भारतले विद्युत किन्दैन भन्नुभयो’, ओलीले भने, ‘भारतले सबै ठाउँको बिजुली किन किन्नुपर्‍यो, हामीले यहाँ उद्योगहरु संचालन गरेर विद्युत त्यहाँ प्रयोग गरे हुन्न ?’ नेपालको आर्थिक अवस्था सुधारका लागी चीनका राष्ट्रपतिले सहयोग गर्ने प्रतिवद्धता गरेपनि अन्य पार्टीका नेताहरु भारत रिसाउँछ भन्दै सहयोग लिन डराएको उनले बताए । ‘म प्रधानमन्त्री भएका बेला चीन पुगेर राष्ट्रपति सी जिन पिङसँग नेपालको आर्थिक अवस्था खस्कियो के गर्ने होला भने, उहाँले तपाईंहरु उत्पादन गर्नुस् हामी सबै किनिदिन्छौं र उत्पादन बढाउन के सहयोग गर्नुपर्छ त्यो पनि गर्छौ भन्नुभयो, फर्केर नेपाल आएपछि छलफल गरे तर सबै पार्टीका नेताहरु चीनको सहयोग लियो भने भारत रिसाउँछ पो भन्नुहुन्छ’, उनले भने ।

नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि आफ्नो स्वतन्त्रता प्रयोग गर्न नसकेको उनको भनाइ छ । भारतकै कारण पोखरा र लुम्बिनीको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार डराएको उनले बताए । पोखरामा बनेको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार आफैं डराएको उनले जानकारी दिए । ‘त्यो एयरपोर्ट चल्न नदिएको पनि के भन्नु सरकारले चलाएको छैन, कसैले चल्न पाउँदैनस् भनेर भित्र भनेपनि बाहिर त भनेको छैन’, उनले भने । चीनलाई मात्र पर्यटक लिएर आउन आग्रह गर्ने हो भने करिव दश लाख पर्यटक आफ्नै बिमानमा राखेर सिधै पोखरा आउने उनले बताए । त्यस्तै लुम्विनी एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान भए बुद्ध धर्मालम्वीहरुको ओइरो लाग्ने उनले जानकारी दिए ।

उनले थपे, ‘आफ्नो जमिनमा बनेको एयरपोर्ट, आफ्नै जमिनबाट उडाउने आफ्नै जमिनमा ल्याण्ड गर्ने हो तर सरकार कस्तो छ भने पोखरामा विमानस्थल उद्घाटन भएछ भन्यो भने ‘अँ पहिले बनाइहाले के गर्ने’ भन्छन्, ‘हामीले बनायौ अब प्लेन उडाउँछौ भन्ने हिम्मत राख्नुपर्‍यो नि !’ राष्ट्रियताको मामिलामा हामी कमजोर हुन नहुने बताउँदै उनले लिम्पुयाधुरा, लिपुलेख र कालापानीका प्रश्न उच्च संवादहरुमा उठाउन नसके देशप्रति बेइमानी हुने बताए । संकल्प यात्राको क्रममा लमजुङबाट शुक्रबार गोरखा आइपुगेका ओली शनिबार आरुघाट हुदै धादिङ तर्फ लाग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान
कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग