ऐतिहासिक महत्त्वको पर्सागढी अतिक्रमणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
ऐतिहासिक महत्त्वको पर्सागढी अतिक्रमणमा

सारांश

  • तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ ।
  • पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो ।
  • पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताउनुभयो ।

१४ पुस, पर्सा।

तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ । पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताउनुभयो । “ऐतिहासिक पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको थियो”, उहाँले भन्नुभयो, “स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको छ ।”

अध्यक्ष चौधरीले जग्गा फिर्ता ल्याउने कोसिस गरे पनि त्यसमा सफल नभएको बताउनुभयो । उहाँले आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने तयारीमा जुटेको जानकारी दिनुभयो । “ पर्सागढीको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक पहलकदमी भइरहेको छ”, उहाँले भन्नुभयो, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गा फिर्ता लिनेछौँ”, पर्सागढीको बृहत्तर गुरुयोजना बनाएर व्यवस्थित गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

यस्तो छ इतिहास विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिएभने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ । साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो सङ्ख्यामा स्थानीय हातहतियारसहित भैँसी तथा राँगाको सिङमा मसाल बाँधी दुवै खोलाको मुहान र दोभान छाडी गोर्खाली फौजको ठूलो सङ्ख्या आएको भान पारी अङ्ग्रेजलाई त्यहाँबाट भगाएको कथन छ ।

के छ पर्सागढीमा ?

पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कूलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ । समितिका अध्यक्ष चौधरीले पुराना हतियार पनि सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताउनुभयो ।

यसरी मनाइँदैछ २१०औँ विजय महोत्सव

ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ । यस वर्ष पनि उक्त दिनको स्मरण गर्दै यही पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा महोत्सव हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल
सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै