गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक

सारांश

  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
  • मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो ।
  • महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र श्रीलंका र नेपालबीच लामो समयदेखि कुटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरिन् ।

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र श्रीलंका र नेपालबीच लामो समयदेखि कुटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरिन् । भरतपुरले थालेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाको रचनात्मक सुझाव र सहयोगको अपेक्षा पनि सो क्रममा गरिन् । भेटवार्तामा नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाले भरतपुर र श्रीलंककाको कोलोम्बु सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सकारात्मक रहेको र यसका लागि पहल थाल्ने बताए ।

राजदूत पाथिरानाले भरतपुर र श्रीलंकाले शिक्षा, स्वास्थ्यलगायतका विषयमा दुई देशबीच सहकार्य गरी अगाडि बढ्न सकिने उल्लेख गरे ।भरतपुरमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा आवश्यक प्राविधि सहयोगका लागि श्रीलंका इच्छुक रहेको राजदूत पाथिरानाले बताए। राजदूत पाथिराना सोमबार नै रंगशालाको अवलोकन गरेका छन् । रंगशाला निर्माणका लागि राजदूत पाथिरानाले अलि बढी चासो देखाएका थिए। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाबाट पर्यटकलाई भरतपुर पठाउन सक्दो सहयोग गर्ने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
समृद्ध नेपालका लागि संघर्ष र त्याग आवश्यक छ : ओली
समृद्ध नेपालका लागि संघर्ष र त्याग आवश्यक छ : ओली
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न