कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ
सारांश
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार दिउँसो काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट खड्कालाई पक्राउ गरेको हो।
- रामेछापको सुनापती घर भएकी खड्कालाई गठी आरोपमा पक्राउ गरिएको ब्युरोका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्।
- खड्काविरूद्ध पीडित युवाहरुले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीको लागि इसराइल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार दिउँसो काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट खड्कालाई पक्राउ गरेको हो।
रामेछापको सुनापती घर भएकी खड्कालाई गठी आरोपमा पक्राउ गरिएको ब्युरोका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्।
खड्काविरूद्ध पीडित युवाहरुले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खड्का हाल जारी कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार छिन्।
उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।
यही प्रकरणमा प्रहरीले यसअघि नै कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए।
उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगेको आरोप छ।
खड्कासहित उनीहरुले केयर गिभरको रोजगारीका लागी इजरायलमा पटाउँछौँ भनेर २ करोड ५० लाख ठगी गरेको दाबी प्रहरीले गरेको छ।
एसएसपी जबराका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयान दिएकी छन्। खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको छ।
वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो।
त्यतिबेला लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए। तर, लक्की ड्रमा नपरेका १५६ जनालाई उनीहरुले हामी इजरायल पठाउँछौँ भनेर रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया