कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट

सारांश

  • कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको खुलेको छ ।
  • उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।
  • स्पतालल पोष्टमार्टम रिपोर्टबारे प्रहरीलाई जानकारी गराएको छ ।

 

१३ मंसिर, काठमाडौं । कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको खुलेको छ । उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।

स्पतालल पोष्टमार्टम रिपोर्टबारे प्रहरीलाई जानकारी गराएको छ । जसअनुसार सुर्खेतीको हत्या नभई कलेजो रोगबाट मृत्यु भएको उल्लेख गरिएको प्रहरी स्रोतले जानकारी दियो । ‘कज अफ डेजमा लिभर डिजिज उल्लेख छ,’ एक अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने । सडकमा मृत फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार गरेका थिए । महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ बझाङको बित्थडचिर गाउँपालिका-९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ८ मंसिरमा कुलेश्वरबाट पक्राउ गरेको थियो । ८ मंसिरको बिहान कालीमाटीस्थित संगीतकारमार्गमा एक महिलाको शव भेटिएको थियो । नाम, थर र वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा युवकले महिलालाई बोकेर त्यहाँ फालेको देखिएको थियो । पक्राउ परेका मल्लविरुद्ध यसअघि ९ पटकसम्म विभिन्न कसुरमा मद्दा चलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?