संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२९ पटक हेरिएको
Shares
संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’

सारांश

  • ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठुलो बस्ती र बस्तीको बिच भागमा सुन्दर दरबार ।
  • मुस्ताङको ल्होमन्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसको आस्थाको केन्द्र थियो ।
  • त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन, मानिसविहीन बनेको छ ।

 

२ जेठ, मुस्ताङ।

ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठुलो बस्ती र बस्तीको बिच भागमा सुन्दर दरबार । मुस्ताङको ल्होमन्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन, मानिसविहीन बनेको छ । छ सय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहे झैँ देखिन्छ ।

दरबारछेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने लाग्छ । १५ औँ शताब्दीको यो दरबारलाई स्थानीय ‘टास्सी ध्याफेल दरबार’ भन्छन् । यसको अर्थ ‘भाग्यमानी दरबार’ भन्ने हुन्छ ।  तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ । दिनभरि खुला हुने दरबार साँझ बन्द गरिन्थ्यो । यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बिच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ । त्यो समयमा पर्खालभित्र १६० वटा घरसम्म थिए भन्ने गरिएको छ । तत्कालीन समयमा राज्य सञ्चालनका लागि दरबारनजिकै मन्त्रालयहरू हुन्थे । आआफ्ना जिम्मेवारी बाँडफाँट गरिन्थ्यो । अहिले पनि ती मन्त्रालयका भवन ल्होमन्थाङमा देख्न सकिन्छ ।

माटोले बनेको दरबार भएकाले कसैले यसलाई ‘माटोको सहर’ पनि भन्छन् । ऐतिहासिक र पुराताŒिवक महŒवको यो दरबार हाल संरक्षण, संवर्धन र प्रचारप्रसारको पर्खाइमा छ तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ ।  विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्थाबारे धेरैलाई थाहा छैन । यहाँका अन्तिम राजा जिग्मीपलवर विष्टलाई अहिले पनि निकै श्रद्धापूर्वक सर्वसाधारणले सम्मान गर्दै आएका छन् । ल्होमन्थाङ दरबार यहाँको इतिहाससँग जोडिएको छ । यसको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिए यहाँको जीवनस्तर उकास्न सकिने ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्बु गुरुङ बताउनुहुन्छ । “ल्होमन्थाङ कुनै समय आर्थिक गतिविधिको केन्द्र थियो ।  तिब्बतको पश्चिममा पर्ने यो ठाउँ भारतदेखि तिब्बतसम्मको व्यापार हुने समयमा आर्थिक केन्द्र पनि थियो ।

धेरै वर्षपछि जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गरे, यहाँका राजाले दूत पठाएर एकीकरणमा ऐक्यबद्धता जनाएपछि यो नेपालमा गाभिएको इतिहास छ,” ल्होमन्थाङ निवासी बुद्धिजीवी कर्मा वाङ्गेलले भन्नुभयो । उहाँ ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महŒवपूर्ण ल्होमन्थाङमा विदेशी पर्यटक ल्याउन सके यहाँको विकास हुनेमा विश्वस्त हुनुहुन्छ ।  पाँच वटा वडा रहेको ल्होमन्थाङमा करिब दुई हजार जनसङ्ख्या छ । चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली ल्होमन्थाङको पहिचान हो । समुद्री सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको ल्होमन्थाङ उपल्लो मुस्ताङको प्रवेश विन्दु पनि हो । यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठुला गरी कम्तीमा ६० वटा कोठा छन् । “यहाँ आउने जोकोही पर्यटक पनि एक पटक गुफा नहेरी फर्कंदैनन,”, उहाँले भन्नुभयो, “ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको ल्होमन्थाङले यसबाट लाभ भने लिन सकेको छैन ।” नीलगिरि र धवलागिरि हिमशृङ्खलाको बिचमा रहेको यस क्षेत्रमा यहाँका २६ औँ राजा अझै पनि यहीँ बसोबास गर्छन् । ल्होमन्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र पनि हो । यहाँका गुम्बा, महल र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ । यहाँ रहेको राजमहल र झम्पा तथा थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन् । यसको संरक्षण, प्रवर्धन र विकासका लागि ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृ*त्यु
सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृ*त्यु
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट
दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट
सिरहामा गोली हानी एक जनाको हत्या
सिरहामा गोली हानी एक जनाको हत्या
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
सहसचिवपछि नायब सुब्बामा पदपूर्तिको व्यवस्था उल्टियो
सहसचिवपछि नायब सुब्बामा पदपूर्तिको व्यवस्था उल्टियो
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण