बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ९, २०८३
|
|
१६९ पटक हेरिएको
Shares
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ ।
  • जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका छन् ।
  • बारा १ का सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेपनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताए ।

९ जेठ, बारा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ । जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका छन् ।

बारा १ का सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेपनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताए । स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उनका समर्थकले बाराका सांसदहरूविरुद्ध नाराबाजी गरेका छन् । कार्यक्रमस्थलमा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि हातपातको प्रयास समेत गरिएपछि प्रहरीले सांसदहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालेको थियोे । कलैयाको करणराज होटलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कार्यक्रम चलिरहेको छ । पार्टीबाट निष्काशनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिहरुलाई मात्रै समेटेर जिल्ला समिति बनाउने प्रयास गरेपछि पार्टीका पुराना कार्यकर्ताले विरोध जनाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
कैलालीमा चट्याङ लागेर १० जना घाइते
कैलालीमा चट्याङ लागेर १० जना घाइते
झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को
झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण
नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन