आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
५७ पटक हेरिएको
Shares
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन

सारांश

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
  • विभागले सोमबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हो ।
  • विभागले छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१ अनुरूप छात्रवृत्ति प्रदान गर्न लागेको जनाएको छ ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हो ।विभागले छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१ अनुरूप छात्रवृत्ति प्रदान गर्न लागेको जनाएको छ ।  यसमा स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा सूचना प्रविधि विषय लिई स्नातक,

स्नातकोत्तर, एमफिल वा विद्यावारिधि तहमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्ने छन् । जसमा विद्यार्थीले जनही ५० हजार सम्मको छात्रवृत्ति प्राप्त गर्ने उल्लेख छ । विभागका अनुसार यसमा सहभागी हुन विद्यार्थीले आउँदो जेठ १२ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिनका लागि सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१ को अनुसूची १ को ढाँचा अनुसार निवेदन र आवश्यक कागजातहरू सहित यस विभागमा बुझाउनु पर्नेछ । अथवा दरखास्त र अन्य कागजातहरू स्क्यान गरी विभागको ईमेल ठेगाना scholarship@doit.gov.np मा समेत पठाउन सकिने विभागले जनाएको छ ।

विभागका अनुसार आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र/लब्धाङ्कपत्रका प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ । साथै सरकारी वा सामुदायिक विद्यालयबाट एसईई/एसएलसी अध्ययन गरेको भए सम्बन्धित स्थानीय तहबाट सरकारी वा सामुदायिक विद्यालय हो भनी प्रमाणित सिफारिस पत्र र आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिश पत्र बुझाउनु पर्नेछ । त्यस्तै अध्ययनरत शिक्षण संस्थाबाट अध्ययन गरिरहेको र अन्य कुनै छात्रवृत्ति नलिएको सिफारिश पत्र समेत बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति