आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १, २०८०
|
|
३५ पटक हेरिएको
Shares
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

सारांश

  • अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ ।
  • विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ ।
  • यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।

१ फागुन, काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो । स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । ‘हामी ई–भिसामा गइसकेपछि देश–विदेशबाट अप्लाई भइरहेको हुन्छ । युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला हाम्रो सुत्ने बेला हुन्छ, टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएको छ । त्यसैले हामीले समय थपेर सेवा प्रवाह सुरु गरेका छौं ।’ सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वास छ । उनले हप्ताको सातै दिन काम गर्ने गरी व्यवस्था मिलाएको बताए । विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृती, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत् भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई–सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ । ‘महालेखा नियन्त्रक कार्यालयको राजश्व लेखा प्रणालीमा जोडिएका वालेट खल्ती र ई–सेवामात्र छन् । त्यसैले अहिले ती दुई वालेटबाट मात्र भुक्तानी गर्न मिल्छ । यदि राजश्व लेखा प्रणालीमा अरु वालेट जोडिए भने तिनीहरुबाट पनि भुक्तानी गर्न मिल्छ,’ महानिर्देशक तामाङले भने ।

थप गरिएको समयमा काम गर्नका लागि अहिले कायम जनशक्तिबाटै व्यवस्था मिलाइएको छ । थप समयमा काम गरेवाफत कर्मचारीहरुले अर्थमन्त्रालयको नियमअनुसारको अतिरिक्त भुक्तानी पाउने छन् । नजिक घर भएकालाई बेलुकासम्म बस्ने गरी काममा खटाइएको महानिर्देशक तामाङले बताए । ‘कहिलेकाहिँ आपत विपत पर्यो, सवारी साधन भएन र कर्मचारी कार्यालयमै आउन सकेन भने पनि घरबाटै काम गर्न सकिन्छ, उसले काम गरिरहेको छ कि छैन भन्ने पनि अनलाइनबाटै थाहा पाइन्छ,’ महानिर्देशक तामाङले भने, ‘अहिले हामी अनलाइन सिस्टममा काम गरिरहेका छौं । भविष्यमा फेसलेस बनाउने लक्ष्य लिएर काम गरिरहेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
उच्च अदालत पाटनमा युवतीले गरिन् आ*त्मह*त्या प्रयास
उच्च अदालत पाटनमा युवतीले गरिन् आ*त्मह*त्या प्रयास
टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ