Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २४, २०८१
|
|
४४ पटक हेरिएको
Shares
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने

सारांश

  • नेपाली काँग्रेस गण्डकीले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नपुगी बहुमत घोषणा गरिएको भन्दै सर्वोच्चमा रिट हाल्ने भएको छ।
  • सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका हुन् ।
  • उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।

२४ वैशाख, पोखरा । नेपाली काँग्रेस गण्डकीले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नपुगी बहुमत घोषणा गरिएको भन्दै सर्वोच्चमा रिट हाल्ने भएको छ।

सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका हुन् । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए । आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका हुन् ।

कांग्रेसले उक्त घोषणा विरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । ‘कानुनी र राजनीतिक दुवै हिसाबले हामी न्याय खोज्छौँ । संसदमा जे भयो, गैर संवैधानिक भयो,’ उनले भने, ‘सर्वोच्चले पहिले गरेको आदेश पनि संविधान विपरीत छ । तर हामीले मान्यौँ । अहिले उक्त गल्ती करेक्सन हुनेछ ।’ पाण्डेले मुद्दाको किनारा नलाग्दासम्म प्रदेशसभाका कुनै पनि बैठकमा सहभागी नहुने पनि बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य
यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य