प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा

सारांश

  •   सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को शुक्रबार समापन भएको छ ।
  • भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो ।
  • प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको छ ।

१० असोज,  काठमाडौं । 

सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को शुक्रबार समापन भएको छ । भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो । प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको छ । प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फूटबल र जुडो जस्ता खेलहरु रहेका थिए भने प्रतियोगितामा आठवटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौंडामा पनि भएको थियो ।

समापन समारोहमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुदले शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको बताए ।
उनले भने, ‘सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुद शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको हुन्छ । खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न आठ खेलका विधाहरु समेटी मिति २०८२ भाद्र १७ गतेबाट सुरुवात भएको सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को समापन गर्दैछौ ।’  यस्तै, उनले नेपाली सेनाको दिर्घकालिन सोच २०३० ले लिएको लक्ष्य र खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रधानसेनापतिको निर्देशनलाई मूलमन्त्र मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रधानसेनापति ट्रफी २०८२ को आयोजना गरिएको बताए । उनले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद, नेपाल पौडी संघ, नेपाल बास्केट बल संघ, अखिल नेपाल फुटबल संघ, नेपाल टेक्वान्डो संघ, नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ, नेपाल जुडो महासंघ लगायतलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन
शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन
पाटेबाघको छालासहित एकजना पक्राउ
पाटेबाघको छालासहित एकजना पक्राउ
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी
नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल।