Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
५८४ पटक हेरिएको
Shares
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
  •   मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
  • सर्वोच्चको आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्द्यीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।

 

१५ वैशाख, काठमाडौं ।

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।  मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो। सर्वोच्चको आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्द्यीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।

गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा गोल्छालाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै रिहाका लागि आदेश माग गरिएको थियो।  यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ। सर्वोच्चले ‘यसमा के कसो भएको हा? निवेकदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित’ लिखित जवाफ पेश गर्नु भनेको छ।  मंगलबार गोल्छाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल, अधिवक्ताद्वय पंकजकुमार कर्ण र सूर्यराज दाहालले बहस गरेका थिए।  गोल्छाकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख १० गते पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार गर्नेछौं : गृहमन्त्री 
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार गर्नेछौं : गृहमन्त्री 
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप
शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री