Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

सारांश

  •   सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ ।
  • सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो ।
  • खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनुभयो ।

३०  असार, इनरुवा। 

सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो । खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार गफारको छोरी अरसिको घटनास्थलमै मृत्यु भएको र गोली प्रहार गर्नेको भिनाजु जट तत्काल फरार रहेको छ । घटनाको खबर प्राप्त हुना साथ तत्काल प्रचौ घुस्कीहाटबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटाएको र थप बुझ्ने कार्य भइरहेको खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि सिडिओ अधिकृतसहितको प्रहरी टोली खटिएको छ । साथै गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ । घटनास्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला परेको छ भने पोष्टमार्टमका लागि शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी
नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान