काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान

सारांश

  • सेन्ट्रल एसियन भलिबल एसाेसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।
  • बिहीबार महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मानपत्र प्रदान गरेको हो।
  • सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन्।

२४ साउन काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसाेसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।

बिहीबार महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मानपत्र प्रदान गरेको हो। सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन्। खेलको टिम म्यानेजर नीलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिस्ट लोकेन्द्रबहादुर कुँवर सम्मानित भएका छन्।

महानगरले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो। दशरथ रंगशालामा बुधबार भएको फाइनलमा ३–२ सेटले भारत विजेता बन्दा नेपाल उपविजेता बनेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ
सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे
कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा