सीताराम विवाहपञ्चमी महोत्सवको: आज मटकोर र आइतबार विवाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ३०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सीताराम विवाहपञ्चमी महोत्सवको: आज मटकोर र आइतबार विवाह

सारांश

  • सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ ।
  • आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए ।
  • बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ ।

३० मंसिर, जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ ।

आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए । बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि गर्ने गरिन्छ । त्यहाँ उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि आइतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ । मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध
जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु