Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सीताराम विवाहपञ्चमी महोत्सवको: आज मटकोर र आइतबार विवाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ३०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सीताराम विवाहपञ्चमी महोत्सवको: आज मटकोर र आइतबार विवाह

सारांश

  • सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ ।
  • आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए ।
  • बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ ।

३० मंसिर, जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ ।

आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए । बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि गर्ने गरिन्छ । त्यहाँ उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि आइतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ । मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते
सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
मधेश प्रदेशसभा बैठक खुला मैदानमै
मधेश प्रदेशसभा बैठक खुला मैदानमै
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृ*त फेला
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृ*त फेला
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ