प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे

सारांश

  • नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने ठोकुवा गरेका छन्।
  • शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा समेट्ने सुझाव लिएर बालुवाटार गएको कुरालाई लिएर कुप्रचार भएको समेत दाबी गरे।
  • ‘हामीले बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौँ, त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरे,’ पाण्डेले भने, ‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद् विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन्।

२० वैशाख, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने ठोकुवा गरेका छन्। शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा समेट्ने सुझाव लिएर बालुवाटार गएको कुरालाई लिएर कुप्रचार भएको समेत दाबी गरे।

‘हामीले बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौँ, त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरे,’ पाण्डेले भने, ‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद् विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन्।’ उनले कसैलाई मिल्न भने भए छोडेर जान सक्ने टिप्पणी समेत गरे। ‘कोही-कोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला,’ पाण्डेले भने, ‘मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ। हामी गलत निर्णयसँग सहमत हुन सक्दैनौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
धनगढीको जंगलमा दुईजना मृत फेला
धनगढीको जंगलमा दुईजना मृत फेला
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू