धनगढीको जंगलमा दुईजना मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
५९ पटक हेरिएको
Shares
धनगढीको जंगलमा दुईजना मृत फेला

सारांश

  • कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् ।
  • आइतबार बिहान धनगढी उपमहानगरपालिका-९ स्थित शैलेश्वोरी सामुदायिक वन क्षेत्रभित्र एकजना झुण्डिएको र एकजना लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपालिका-१० का देवल चौधरी र सोही स्थानका कैदा राना मृत अवस्थामा भेटिएका हुन् ।

१८ फागुन,  कैलाली । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका-९ स्थित शैलेश्वोरी सामुदायिक वन क्षेत्रभित्र एकजना झुण्डिएको र एकजना लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपालिका-१० का देवल चौधरी र सोही स्थानका कैदा राना मृत अवस्थामा भेटिएका हुन् । मृतक देवल चौधरी रुखमा झुन्डिएको अवस्थामा र कैदा राना केही पर पल्टिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

मृतक कैदा रानाका छोरा कैलास रानाको मोहना नद‍ीमा गत भाद्र महिनामा डुबेर मृत्यु भएको भएको थियो । छोरा गुमाएको ६ महिनापछि उनको पनि रहस्यमय मृत्यु भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक देवल चौधरीका छोरा प्रकाश चौधरीले बुवा राति गाउँको बिहेमा जान्छु भनेर घरबाट निस्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की