चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु

सारांश

  •   चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
  • योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।
  • दुर्घटनामा १७ वर्षीय किशोरको पनि मृत्यु भएको छ ।

 

काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । दुर्घटनामा १७ वर्षीय किशोरको पनि मृत्यु भएको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । चितवन मेडिकल कलेजमा उपचाररत राजन सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका ट्रक चालक हुन् । दुर्घटनामा २१ जना घाइते भएका छन् ।  घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए ।

गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?