४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
५३ पटक हेरिएको
Shares
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सारांश

  • शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.
  • १ अंकले घटेर २८३१.
  • ३९ बिन्दुमा बन्द भएको छ ।

१६ चैत,काठमाडौं ।

शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।

यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ । गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।यसदिन रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सप्तकोशी विकास बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सोलु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यसदिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । साथै, नाग्दी ग्रुप पावर र सिवम सिमेन्टको करिब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अपी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उप समूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूह सबैभन्दा बढी २.५६ प्रतिशतले घटेको छ । वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
रविलाई भोलि विमान मार्फत भैरहवा लगिने
रविलाई भोलि विमान मार्फत भैरहवा लगिने
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु
रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
औषधीमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
औषधीमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का