थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू

सारांश

  • काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
  • त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।
  • थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

२२ माघ, काठमाडौं ।

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् । रचनाले नेपालको यू-१९ टोलीबाट महिला विश्‍वकप खेलेकी थिइन् ।

त्यसैगरी आज सिता राना मगर पनि बाहिर छिन् । उनको ठाउँमा रोमा थापा टिममा आएकी छन् । उनी शृंखलामा पहिलोपटक खेल्दै छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको थियो । आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही: २४ घण्टामा २२ लाख ११ हजार राजस्व संकलन
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही: २४ घण्टामा २२ लाख ११ हजार राजस्व संकलन