१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
५२ पटक हेरिएको
Shares
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ ।
  • यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् ।
  • रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए ।

६ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं । सकेसम्म १८ वरिपरि गर्ने गृहकार्य भइरहेको छ  उनले भने ।

उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ । ‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनले भने । महामन्त्री बुर्लाकोटीका अनुसार यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए । उनका अनुसार प्रधानमन्त्रीको शपथ ग्रहणपछि पार्टीको संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा
कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु
भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला 
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला 
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का