उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २१, २०८०
|
|
१४ पटक हेरिएको
Shares
उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

सारांश

  • आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
  • निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
  • यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२१ चैत, इलाम । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा  खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।    निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
हैदरावादको गुलजार हाउसमा आगलागी: १७ जनाको मृ*त्यु
हैदरावादको गुलजार हाउसमा आगलागी: १७ जनाको मृ*त्यु