‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि

सारांश

  • काठमाडाँैको भृकुटीमण्डपमा यही चैत ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ ।
  • समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रुपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी गरिने मेलाका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले जानकारी दिनुभयो ।
  • एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातिका बोट बिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ ।

  २७ चैतः काठमाडौँ,

‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१’ बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडाँैको भृकुटीमण्डपमा यही चैत ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ । समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रुपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी गरिने मेलाका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले जानकारी दिनुभयो ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातिका बोट बिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ । साथै मलखाद, जैविक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिका समेत स्टल रहने छन् । यसपटक उपत्यका बाहिरका नर्सरी व्यवसायीको समेत सहभागिता र स्टल रहने हुनाले देशैभरका उत्पादनका बारेमा जानकारी लिन सजिलो हुने नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाका अनुसार एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै रु एक करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा सङ्घको रहेको छ ।

मेलामा ७४ व्यावसायिक स्टल, तीन फुड स्टल, सात अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँच वटा स्टल रहने जनाइएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति रु ५० रहेको छ ।
नर्सरी व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि बागवानी विज्ञ, वनस्पतिविज्ञ, साथै माटो तथा पर्यावरणविज्ञसहितको संलग्नतामा तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’द्वारा एक व्यवसायीलाई सम्मान गरिने नर्सरी व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का। 
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का।