टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
सारांश
- अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजअन्तर्गत नेपालले आज पाँचौं खेल खेल्दैछ।
- नेपाली समय अनुसार बिहान ११:१५ बजे नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
- नेपालले हालसम्म चार खेलमध्ये एक जित र तीन हार बेहोरेको छ।
४ भदौ, काठमाडौं ।
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजअन्तर्गत नेपालले आज पाँचौं खेल खेल्दैछ। नेपाली समय अनुसार बिहान ११:१५ बजे नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले हालसम्म चार खेलमध्ये एक जित र तीन हार बेहोरेको छ।
मंगलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो। ११ टोली सहभागी प्रतियोगितामा नेपाल नवौं स्थानमा छ भने मेलबर्न पाँचौं स्थानमा रहेको छ। नेपालले शृङ्खलाको अन्तिम खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया