माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
८२ पटक हेरिएको
Shares
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा

सारांश

  •   पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
  • विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकिएको हो ।
  • पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा सोधसाधका लागि विशेष अदालतले पेसीमा राखिएको हो ।

२२ भदौ, काठमाडौं । 

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकिएको हो ।

पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा सोधसाधका लागि विशेष अदालतले पेसीमा राखिएको हो । २२ जेठमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो ।

उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुन विपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि जग्गा बिक्री गर्ने प्रस्ताव ल्याउन नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निर्देशन दिएका थिए । नेपाल मन्त्रिपरिषद्ले सोही प्रस्तावअनुसार जग्गा बिक्रीको बाटो खोलिदिएको थियो । तत्कालीन मन्त्री श्रेष्ठको भने गत वर्ष निधन भइसकेको छ । त्यसबेलाका मुख्य सचिव माधव घिमिरे पनि यस प्रकरणमा संलग्न थिए । १० वर्षअघि त्रिशूली नदीमा जिप दुर्घटना हुँदा उनी बेपत्ता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?