यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै

सारांश

  • युएईमा आज देखि सुरु हुने एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।
  • समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ ।
  • आजै समूह बी मा रहेका बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ ।

१४ मंसिर, काठमाडौं ।

युएईमा आज देखि सुरु हुने एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ । आजै समूह बी मा रहेका बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ ।

राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबारै युएई पुगिसकेको छ । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालले यू-१९ एसिया कपको तयारी स्वरुप घरेलु मैदानमा भारतको कर्नाटक यू-१९ टोलीसँग ५ अभ्यास खेलको सिरिज खेलेको थियो ।

त्यो अभ्यास खेलबाट टिमको बलियो र कमजोर पक्ष थाहा हुने अवसर सँगै टिम कम्पोजिसन बनाउन सहज हुने प्रशिक्षक गौचनले बताएका छन् । पहिलो पटक यू-१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् । यू-१९ एसिया कपको समूह बी मा भारत र पाकिस्तानसँगै घरेलु टोली युएई र जापान छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै
प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
बालेनले फेरि भने- देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्
बालेनले फेरि भने- देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्
एक वर्षमा ७३ बालबालिकाको उद्धार
एक वर्षमा ७३ बालबालिकाको उद्धार
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी