Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १७, २०८२
|
|
६८ पटक हेरिएको
Shares
ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत

सारांश

  • सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ ।
  • ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ‘न्यू इयर इभ’ आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको हो ।
  • कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए ।

१७ पुस, काठमाडौं ।

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ‘न्यू इयर इभ’ आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए । उनले नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल आउने उल्लेख गरे । वडाध्यक्ष तिवारीले ठमेल क्षेत्रका उद्योगी तथा व्यवसायीले आचारसंहितामा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियाले ठमेल क्षेत्रको पर्यटन उद्योगलाई बचाउन ठमेल क्षेत्रका व्यवसायीको भूमिकाको प्रशंसा गरे । उनले ठमेल भित्रिने पर्यटक बढ्नुपर्नेमा घट्दै गएकामा चिन्ता व्यक्त गरे । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमलाई ‘अपग्रेड’ गर्नुपर्ने बताए ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेललाई चलायमान बनाउन घरधनी तथा व्यवसायी मिलेर अगाडि बढ्नुपर्ने बताए । यसैबीच, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज दिउँसो त्रिदेवी मार्ग ठमेलमा सडक महोत्सव आयोजना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मधेश सरकारले मनाएन संविधान दिवस
मधेश सरकारले मनाएन संविधान दिवस
माओवादीको सचिवालय बैठक सुरु
माओवादीको सचिवालय बैठक सुरु
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं