अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
१५७ पटक हेरिएको
Shares
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

सारांश

  • देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
  • नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।
  • ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिका भैरव चारधारे सडक खण्डमा असोज ११ गते बिहान पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु रहेको छ ।

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिका भैरव चारधारे सडक खण्डमा असोज ११ गते बिहान पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु रहेको छ । त्यस्तै, बागमती गाउँपालिका–३ ताकुर्चेस्थित कान्तिलोकपथमा असोज १२ गते दिउँसो गएको पहिरोका कारण सडक अझै पूर्णरूपमा अवरुद्ध छ।

मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन् । भदौ १० गतेदेखि नै अवरुद्ध भएका ती सडकहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द रहने जनाइएको छ ।

बाढीका कारण बेसीसहर हुँदै खाङसार जाने सडक खण्ड पूर्ण रूपमा बन्द अवस्थामा छ।

जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोरमा असोज ९ गते साँझ खसेको पहिरो पन्छाएपछि हाल यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

म्याग्दीका दुई प्रमुख सडक खण्ड पहिरोका कारण पूर्णरूपमा ठप्प छन् । रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेवगरस्थित बेनी–जोमसोम सडक खण्ड र बेनी नगरपालिका–०४ घुमाउने भीरस्थित बेनी–दरबाङ सडक खण्डमा असोज १० गते खसेको पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध बनाएको छ ।

थासाङ गाउँपालिका–०४ स्थित जोमसोम–कोरला सडक खण्ड पनि असोज १० गतेको पहिरोका कारण पूर्णरूपमा बन्द रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस
स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस