एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
५० पटक हेरिएको
Shares
एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप

सारांश

  • बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
  • जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालले इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।

१६ चैत, काठमाडौं ।

बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालले इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो । आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।

काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो । नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेपछि महानगरले ती बालिकाको उद्धार गरेको थियो । त्यतिबेला मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले उक्त विषयमाथि प्रश्न समेत गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना भएको थियो । शर्माविरूद्ध २०८१ गत माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का