स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन

सारांश

  • डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागमा २० हजारजति कर्मचारी हटाउने योजना बनाएको छ ।
  • यो घोषणासँगै देशभरका सार्वजनिक स्वास्थ्य संस्थामा कार्यरत करिब ८२ हजार कर्मचारी आतंकित बनेका एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।
  • स्वास्थ्य तथा मानव सेवा विभागका कर्मचारीलाई जुनैसुकै बेला जागिरबाट बर्खास्त गरिएको इमेल आउन सक्ने भनिएको छ ।

१९ चैत, अमेरिका ।

डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागमा २० हजारजति कर्मचारी हटाउने योजना बनाएको छ । यो घोषणासँगै देशभरका सार्वजनिक स्वास्थ्य संस्थामा कार्यरत करिब ८२ हजार कर्मचारी आतंकित बनेका एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । स्वास्थ्य तथा मानव सेवा विभागका कर्मचारीलाई जुनैसुकै बेला जागिरबाट बर्खास्त गरिएको इमेल आउन सक्ने भनिएको छ । इमेलको प्रतीक्षामा बस्न उनीहरूलाई निर्देशन दिएको छ ।

सोमबार कामबाट निस्कने तयारी गरिरहेका खाद्य तथा औषधि प्रशासन (एफडीए)का केही कर्मचारीलाई आफ्ना ल्यापटप ‘प्याक’ गर्न र अब जागिरमा फर्कने सम्भावना नरहेको भनिएको बताइएको छ । जागिर खोसिएको सूचना आउन सक्ने भन्दै कर्मचारीलाई आफ्नो इमेल जाँच गर्न भनेर एउटा इमेल प्राप्त भएको एफडीएका एक अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ । गएको शुक्रबार सरुवा रोग नियन्त्रणमा काम गर्ने दर्जनौँ कर्मचारीलाई बिदामा पठइएको थियो ।

यसअघि, अमेरिकी स्वास्थ्य तथा मानव सेवामन्त्री रोबर्ट एफ केनेडी जुनियरले आफू मातहातका कर्मचारीलाई ‘असक्षम नोकरशाही’ भन्दै १.७ ट्रिलियन डलर वार्षिक बजेट खर्च भए पनि अमेरिकी नागरिकको स्वास्थ्य सुधार गर्न असफल भएको भनेर आलोचना गरेका थिए । उनले स्वास्थ्य तथा मानव सेवाअन्तर्गतका संस्थाको कार्यप्रणाली चुस्त बनाउने र पुनर्संरचना गरी स्वस्थ अमेरिका निर्माण गर्ने अभियान नयाँ प्रशासनमा समेट्ने योजना बनाइएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा