Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

समयमै उद्धार नहुँदा घाइते देखिएको चितुवाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
६४ पटक हेरिएको
Shares
समयमै उद्धार नहुँदा घाइते देखिएको चितुवाको मृत्यु

सारांश

  • बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो।
  • मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए।
  • ‘स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन’, उनले भने, ‘बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला पर्‍यो।

 

२१ भदौ , गोरखा – गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेला परेको छ।बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो। मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए। ‘स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन’, उनले भने, ‘बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला पर्‍यो।’चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उनको भनाइ छ। ‘शरीरमा घाउचोट केही छैन’, उनले भने, ‘चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ।’ वन डिभिजन कार्यालय गोरखासँग चितुवा उद्धारका लागि डार्ट गर्ने जनशक्ति नहुँदा उद्धारमा ढिलाइ भएको प्रमुख शालिण्यको भनाइ छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा मृत चितुवाको परीक्षण गरी डिभिजन वन कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
बसको ठक्करबाट बालिकाको मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु