Press 4K
सोमबार, १० कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

सारांश

  • उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ ।
  • पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो ।
  • चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।

८ चैत,काठमाडौं ।

उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो ।

चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो । ‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं,’ अध्यक्ष घिसिङले भने, ‘म हारे पनि देशले जितेको छ । तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ । यसैमा खुसी छु । यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ । अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।’

प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सह्राहना गरे । यस्तै, यस सरकारको सफलताका लागि घिसिङले खेल्नुभएको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन् । ‘तपाईँहरु विभिन्न क्षेत्रका विज्ञहरू पार्टीमा हुनुहुँदो रहेछ’ प्रधानमन्त्री कार्कीले भने, ‘यस्ता क्रिम अफ द सोसाइटीले मुलुकका निम्ति संसदबाहिरै पनि अझै धेरै काम गर्न सक्छ । एउटै निर्वाचनको नतिजाबाट निरुत्साहित भइहाल्नुहुँदैन । तपाईँहरूले गर्ने काम धेरै छ । अविचलित रूपमा अगाडि बढ्नुहोस्। मेरो शुभकामना छ ।’ यसै क्रममा उक्त पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक करणको माग पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...